पोखरा, असार ६
महिला उद्यमी संघ नेपाल, कास्कीको प्राकृतिक रेसाजन्य (छ्वाली) ७ दिने हस्तकला तालिम तथा लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्दको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय कच्चा पदार्थको सदूपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री सिकाउने र सो तालिमको समापनको अवसर पारेर समाजमा व्याप्त लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्द सचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । हस्तकला तालिममा जमुना पराजुली र लैंगिक हिंसा तथा विभेदबारे यूमाया थापाले सहजीकरण गरेको महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष शारदा बराल (सरु)ले जानकारी दिईन् ।

तालिम समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले महिला उद्यमी संघले हस्तकला तालिम गरेर उद्यमशिलतालाई प्रोत्साहन गर्नुका साथै लैंगिक हिंसाबिरुद्धको कार्यक्रम गरेर समाजमा सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले यस्ता कार्यक्रमका लागि वडालेपनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगरपालिका व्यापार प्रवद्र्दन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले उद्यमशिलता विकास र व्यापार प्रवद्र्दनमा आफ्नो संस्थाले सघाउने बताए ।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले उद्यमशिलता र सामाजिक सचेतना जगाउन महिला उद्यमी संघ, कास्कीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सचेतना तालिमले हिंसा सहने बानीको अन्त्य गर्न सघाउने विश्वासपनि व्यक्त गरे ।
संस्थाका सल्लाहकार सीता गुरुङले सिकेको सीप उत्पादनमा लगाउन आग्रह गर्दै सो उत्पादित सामग्री बिक्रीको लागि आफूले जिम्मा लिने प्रतिबद्दता जनाईन् ।
महिला उद्यमी संघ गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मीले तालिमले सीप र क्षमतालाई फैलाएर अर्थोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

महिला उद्यमी संघ कास्कीकी अध्यक्ष शारदा बराल (सरु)ले महिला उद्यमशिलता विकास र महिला सशक्तिकरणमा आफूहरुले निरन्तर कार्य गरिरहेको उल्लेख गरिन् । उनले आगामी दिनमापनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गर्ने प्रतिबद्दता जनाईन् ।
संघ, कास्कीकी प्रथम उपाध्यक्ष एलिना बरालले स्वागत तथा महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा महिला पर्यटन व्यवसायी संघ नेपाल (टेवान)की अध्यक्ष शोभा न्यौपाने पाण्डे, घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष भानु भण्डारी, प्रशिक्षक जमुना पराजुली, कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष लक्ष्मण आचार्य, प्रशिक्षार्थी रमिला ढुंगानालगायतले पनि बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







