पोखरा-२५ हेमजामा ईभी गाडी दुर्घटना : ४ घाईते, अवस्था मध्यम


     एभरेस्ट आवाज    
     असार ७ गते २०८२ मा प्रकाशित




पोखरा, असार ७

पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजामा सवारी दुर्घटना हुँदा चार जना घाईते भएका छन् । पोखराबाट नौंडाँडातर्फ जाँदै गरेको ग.१ ज.८६९१ नम्बरको विद्युतीय गाडी चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् ।

दुर्घटनामा परेर पोखरा–१७ घारीपाटनका ३४ वर्षिय कुशलरत्न परियार, पर्वतको जलजला गाउँपालिका वडा नम्बर–४ मल्लाज निवासी ३७ वर्षिय हर्कबहादुर विक, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौंडाँडाका २७ वर्षिय दीपेश परियार र २७ वर्षकै ऋतिका परियार घाईते भएको कास्की प्रहरीले जनाएको छ ।

घाईतेमध्ये कुशलको टाउको, घाँटी, अनुहार र दायाँमा हात, हर्कबहादुरको बायाँ हात, बायाँ कोखा र दायाँ खुट्टा, दीपेशको टाउको तथा ऋतिकाको टाउको र घुँडामा चोट लागेको जनाइएको छ । उनीहरु चारै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

सोहि गाडीमा सवार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौंडाँडाका ४ वर्षिया रेगन परियार भने सकुशल रहेको र उनलाई बाहिरी चोटपटक नलागेको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।