पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.० जिपिए आएको थियो ।
यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३.६ देखि ४.० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३.२ देखि ३.६ जिपिएसम्म आउने २८ जना छन् भने १ जना विद्यार्थीको ३.०५ जिपिए आएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।
नतिजामा ३.९६ जिपिए ल्याउने मात्रै १८ जना छन् । ४.० जिपिए ल्याउने ११ विद्यार्थीहरुमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी हुन् । यीमध्ये ८ जनाले विगतमा कक्षा ८ को परीक्षामा पनि ४.० जिपिए ल्याएका थिए । उनीहरुलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मानसमेत गरेको थियो ।
पोखरा ७, मासबारस्थित मदरल्याण्डले एकपछि अर्को रेकर्ड राख्दै आउनेक्रममा यसपालि पनि उत्कृष्ट नतिजा ल्याउन सफल हुँदा सिंगो विद्यालय परिवार खुसी भएको विद्यालय प्राचार्य डा. नारायण बराल बताउँछन् । विद्यालय कक्षा १२ को परीक्षामा पनि लगातारजसो नेपाल टप हुने गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा लिएको परीक्षाको शुक्रबार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् । गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएकोमा यसपटक १३.९५ प्रतिशतले नतिजा सुधारिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति…





