पोखरा, असार १३
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखराका सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । सामुदायिक विद्यालयप्रति आम सर्वसाधारणको विश्वास टुटिरहँदा पोखराका ८ सामुदायिक विद्यालयका १८ जनाले चार जीपीए ल्याएर उत्तिर्णहुँदै सामुदायिक विद्यालय कमजोर नभएको सन्देश दिएका हुन् ।

पोखरामा सँधै अब्बल अमरसिंह माविका ५ जनाले यस वर्ष चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै, पोखरा–१३ स्थित भद्रकाली मावि र पोखरा–८ स्थित जनप्रिय माविका समान ४÷४ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।

यसैगरी, ५ वटा सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखरा–३ स्थित बाल मन्दिर मावि, पोखरा–१६ स्थित विन्ध्यबासिनी मावि बाटुलेचौर, पोखरा–१७ स्थित छोरेपाटन मावि, पोखरा–२१ निर्मलपोखरीस्थित जनचेतना मावि र पोखरा–३० स्थित गोगन माविका एक÷एक जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति…





