
पोखरा, असार १९
नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा हवाई ईन्धन डिपो निर्माण गरेको छ । नेपाल आयल निगमले पहिलो पटक पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा ३६ लाख लिटरको हवाई ईन्धन डिपो बनाउँदै ईतिहास रचेको विहीबार डिपो निर्माण भएको स्थल पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
यसअघि ईण्डियन आयल कर्पोरेसनको सहयोगमा हवाई ईन्धन डिपो निर्माण हुँदै आएको थियो । यो डिपो निर्माणमा निगमको आफ्नै लगानी मात्र होईन, स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकालेपनि निगमको ५५ वर्षे ईतिहासमा यो डिपो ऐतिहासिक भएको छ । यसअघि लगानी मात्र विदेशीको होईन, प्राविधिक र निर्माण कम्पनीपनि विदेशी नै हुन्थे । त्यसलाई तोड्दै आफ्नै लगानी, स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीपनि हवाई ईन्धन डिपो बनाउन सक्षम छ भन्ने सन्देश दिन ऐतिहासिक रुपमा सफल भएको परियोजना प्रमुख प्रदीप यादवले बताए । उनले भने,‘हवाई ईन्धन डिपो बनाउने परनिर्भरता तोड्न सफल भएका छौं । साथै हामी आफै डिपो बनाउन सक्षम छौं भन्ने सन्देश दिनपनि सफल भएका छौं ।’
त्यस्तै, ७५ करोड (भ्याटबाहेक), भ्याटसहित करीब ८६ करोडको लागतमा निर्माण भएको ३६ लाख लिटरको सो डिपो अत्याधुनिक र प्रविधिमैत्रीसमेत छ । साउन दोस्रो साताबाट सञ्चालनमा आउने सो डिपोमा ईन्धन भर्न स्वचालित मेसिन (अटोमेसन)समेत जडान छ । जसले गर्दा ईन्धन छिटो भरेर समयकोपनि बचत हुने प्रमुख यादवले बताए । अति प्रज्वलनशील भएकाले यसको सुरक्षाका लागि ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’, आगलागी भइहालेमा आगलागी नियन्त्रणका लागि २३० हर्सपावर क्षमताको दुई वटा फायरफाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको एउटा जक्की पम्प र ८ ईञ्चको पाईपसमेत जडान गरिएको उनले जानकारी दिए । यसबाहेक डिपो सुरक्षामा उच्च सतर्कता अप्नाउनका लागि १ हजार २ सय किलोलिटर क्षमताको दुई वटा अलग्गै पानी ट्याङ्की निर्माण गरिएको उनले बताए । ‘यो ट्याङ्कीसँग डिपोको वरीपरी जडान गरिएको फायरफाइटिङ संचरनालाई आबद्ध गरिएको छ । जसले डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मद्दत गर्छ’–उनले भने । डिपोमा पम्प हाउस, अफिस भवन र ल्याब लगायतका संरचनापनि निर्माण गरिएको उनले जानकारी दिए ।
२०८० साउन पहिलो साताबाट निर्माण सुरु भएर निर्माण सम्पन्न भएको यो डिपो सञ्चालनमा आएपछि ईन्धन भर्न अर्को विमानस्थल धाउनुपर्ने बाध्यता हट्नेछ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई इन्धन डिपो निर्माण गरिएको परियोजनाका सहायक प्रमुख अनुपम पराजुलीले बताए । उनले भने,‘फिल्टरपनि अत्याधुनिक भएकाले ईन्धनमा गुणस्तरीयता आउनेछ ।’
ईञ्जिनियरिङ कन्सल्टेन्सी प्रमुख डा.सुरज लामिछानेले पोखरामा हवाई ईन्धन डिपो निर्माण गरेर हवाई ईन्धन बनाउने कुरामा हामी आत्मनिर्भर छौं भन्ने पुष्टि गर्न नेपाल सफल भएको बताए । उनले भने,‘लगानीसँगै प्राविधिक र निर्माण कम्पनीपनि सक्षम र आत्मनिर्भर छ भन्ने पुष्टि गर्न सफल भयौं ।’
परियोजनाका कन्सल्टेन्ट हेड नारायण गौतमले निगमले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने,‘हामीलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा निगमलाई धन्यवाद छ । त्यो विश्वासलाई हामीले कामबाट पुष्टि ग¥यौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।