जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला माछापुच्छ्रे गा.पा.–७ फेदीको एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको जिप्रका कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले फेदीका स्थानिय ४१ वर्षिय बिनोद गुरुङ, ५३ वर्षिय कोधिरबहादुर गुरुङ, ४७ वर्षिय कृष्णबहादुर गुरुङ, माछापुच्छ्रे गा.पा. वडा नं.–८ ल्वाङघलेलका ४० वर्षिय चन्द्रमान तामाङ र पोखरा–२५ सुईखेतका ४० वर्षिय गंगाबहादुर थापालाई पक्राउ गरेको हो ।
पक्राउ परेका ५ जनाको साथबाट चार बुक ताससहित नगद ७३ हजार ४ सय १० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको…







