शिक्षाको गुणस्तर सुधार्न ईमोर्टल सेक्रेड स्कुल पर्वतको ‘शिक्षक क्षमता अभिवृद्धि तालिम’


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८२ मा प्रकाशित




पोखरा,

इमोर्टल सेक्रेड मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पर्वतले शिक्षाको गुणस्तर सुधार्न “शिक्षण–सिकाइ सहजीकरण तथा एकीकृत पाठ्यक्रम प्रवद्र्धन” तालिम आयोजना गरेको छ । पर्वत जिल्लाको जलजला–७, मिलनचोकस्थित सो स्कुलले शिक्षाको गुणस्तर सुधार्नका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै समयानुकूल परिमार्जित पाठ्यक्रमका विधिहरूलाई व्यवहारिक रूपमा शिक्षणमा प्रयोग गर्न तालिमको आयोजना गरेको हो ।

चार दिनसम्म चलेको तालिममा नर्सरीदेखि कक्षा ७ सम्म अध्यापन गराउने शिक्षक, शिक्षिकाहरुदेखि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुसमेत सहभागीता रहेको थियो । तालिममा विद्यार्थीकै सहभागितामा आधारित सिकाइ प्रविधिलाई प्रवद्र्दन गर्दै सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन केन्द्रीत गरेर प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयकी मन्टेश्वरी को–अर्डिनेटर निर्मला सुवेदीले सोधपुछ÷अन्वेषण आधारित शिक्षण, मन्टेश्वरी दृष्टिकोण, सहज सामग्री निर्माण, गृहकार्यको उचित अभ्यास र कक्षा व्यवस्थापन, प्रतिभा मा.वि.की शिक्षिका सरस्वती शर्माले समूहगत कार्य, अभ्यासजन्य गतिविधि र सम्वादात्मक शैली अपनाएर प्रशिक्षणलाई आकर्षक करी बनाउने ?, गण्डकी बोर्डिङ्ग स्कुलका शिक्षकद्वय झलकनाथ आचार्य र रवी सुनारले प्रभावकारी शिक्षण विधिबारे सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी सहजकर्ताहरुले प्रभावकारी शिक्षण विधि, विद्यार्थीको व्यवहारिक सिकाइ तथा पाठ्यक्रम अनुकूल सिकाइ दृष्टिकोणमा केन्द्रित प्रशिक्षण प्रदान गरेको विद्यालयका प्रिन्सिपल देवेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

तालिम उद्घाटन तथा समापन कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष मिलन पुनले यस्ता तालिमले शिक्षकहरूको व्यावसायीक दक्षता बढाएर विद्यार्थीको सिकाइमा गुणात्मक सुधार ल्याउन योगदान पुग्ने बताए । उनले भने–“आग्जको युगको शिक्षकले केवल पाठ्यपुस्तक मात्र होइन, प्रविधि, मनोविज्ञान र व्यवहारिक सीप पनि जान्नुपर्छ । यस्तो प्रशिक्षणले शिक्षणमा नयाँ दृष्टिकोण ल्याउँछ।”

विद्यालयका प्रिन्सिपल देवेन्द्रप्रसाद आचार्यले शिक्षकहरु समयअनुसार अपडेट हुँदै जानुपर्ने बताए । शिक्षक समयअनुकुल अपडेट हुन आवश्यक छ,उनले भने,‘यस्ता तालिमले शिक्षकहरु अपडेट हुने, पुनरताजगी हुने वातावरण बनेको छ । त्यसैले आगामी दिनमापनि यस्ता तालिमहरु निरन्तर आयोजना गर्नेछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।