पोखरा, साउन ५
नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण पोखरामा एक महिलाको मृत्यू भएको छ । कोभिड–१९ भएर पोखराको नागढुंगास्थित चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर–११ की एक महिलाको मृत्यू भएको हो । ७० वर्षिया बृद्दा ती महिलाको आइतबार मृत्यू भएकी प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
कोभिडका कारण उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य जटिल बनेपछि असार २५ गते अस्पताल भर्ना भएकी उनको आइतबार मृत्यू भएको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
कोभिड भएकी ति महिलामा मधुमेय र उच्च रक्तचापको समस्यासमेत रहेको थियो ।
पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो समय गण्डकीमा ८ जनामा कोभिड संक्रमण भएको छ । जसमध्ये कास्कीमा ५ जना, बागलुङमा २ र स्याङ्जामा एक जना रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







