पोखरामा १२ लाख चोरी गरेको आरोपमा एक जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८२ मा प्रकाशित




पोखरा, साउन ५

पोखरामा १२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराजमा राखेको १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा कास्की प्रहरीले ओमबहादुर भुजेललाई पक्राउ गरेको हो । चोरी गरेको आरोपमा पक्राउ परेका भुजेल कास्की माछापुच्छ«े गाउँपालिका वडा नम्बर–९ का हुन् । उनलाई पोखरा–६ डिहिकोपाटनबाट शुक्रबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

भुजेलको साथबाट ९ लाख ९७ हजार ५ सय रुपैयाँ र दुई वटा मोवाइल बरामद गरिएकोपनि प्रहरीको भनाई छ ।

उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।