पोखरा १५ गलेश्वर चोक निवासी समाजसेवी तथा कालिका मा. वि. रामबजारका पूर्व प्रधानाध्यापक प्रेमबहादुर थापाले पितृ उद्वारको कामना गर्दै सिद्ध मा.वि.को अक्षयकोषमा रु २५,५००/ सहयोग गरेका छन्
पितृ उद्धार तथा घरपरिवारका छोरा, बुहारी, नातिनातिनीहरु सबैको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्य कोर्नमा सहयोगी बन्न पाउँदा आफूलाई खुसी लागेको शिक्षासेवी थापाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले शिक्षा जस्तो पवित्र क्षेत्रमा दान गर्नु भएकोमा धन्यवाद र आभार व्यक्त गर्दै उहाँको सम्पूर्ण थापा परिवारको सुस्वास्थ्य, सुखद् जीवन र उत्तरोत्तर प्रगतिको कामना गरे ।उनले विभिन्न व्यक्तिद्वारा प्रदान गरिएको अक्षयकोषको रकमको मूल धन खर्च नहुने र ब्याजबाट आउने रकम समग्र शैक्षिक उन्नयनमा खर्च गरिने बताउँदै “सिद्ध मा.वि.अक्षयकोष निर्देशिका -२०७५ अभियान” मा सहभागी हुन सम्पूर्णलाई आह्वान गरेका छन् । त्यस्तै पौडेलले अक्षयकोष कुनै सामाजिक संस्थाको नामबाट, आफ्नो नाम एवम् परिवारको नाममा राख्न सकिने व्यवस्था पनि मिलाइएको बताए।
पोखरा महानगरपालिका वडा न : १५ को एक मात्र सामुदायिक विद्यालय सिद्ध माविमा गरिब, विपन्न परिवारका बालबालिका पढ्न आउँछन् । उनीहरुको शैक्षिक सुधार र विद्यालयको समग्र शैक्षिक विकास, परिवर्तनका लागि बालबालिकाहरुलाई छात्रवृत्ति ,शैक्षिक सामग्री वितरण गर्ने गरि विद्यालयमा अक्षयकोष कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







