पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँचको सूचीमा पोखराका सरस्वती र तीर्थ


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १५

पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँच पुस्तकमा पोखराका दुई स्रस्टा परेका छन् । पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले आज सार्वजनिक गरेको उत्कृष्ट पाँचको सूचीमा पोखराका दुई स्रस्टाका उपन्यासहरु परेका हुन् । उत्कृष्ट १५ बाट उत्कृष्ट पाँचमा परेका पुस्तकको सूचीमा पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेको प्रतिष्ठानले जनाएको छ ।

पोखरेली स्रस्टासँगै छुदेन काविमोको उरमाल (आख्यान), रमेश भुसालको छालबाटो (गैह्र आख्यान) र भवानी खतिवडाको प्रणाम सगरमाथा (नियात्रा) पनि परेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।