क्षेत्री समाजका पुर्व केन्द्रिय सदस्य थापाको निधन


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८२ मा प्रकाशित




क्षेत्री समाज नेपालका पुर्व केन्द्रिय सदस्य अनिरुद्ध थापाको निधन भएको छ।

पोखरा १६ अमरदिप निवासी ७२ वर्षिय थापाको हृदयघातका कारण आइतबार निधन भएको हो।लामो समय भारतीय सेनामा सेवा गरेका थापाले अवकाश पछि पोखरा १६ को सामाजिक तथा राजनीतिक विकासमा ठुलो भुमिका खेलेका थिए। उनी चण्डीका आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक विकासमा ठुलो फड्को मारेको थियो। थापाको मंगलबार बिहान सेती नदी स्थित तुलसी घाटमा अन्त्यष्टि गरिएको छ। थापाको शवमा छोरा दीपक थापाले दागबत्ती दिएका थिए। यसअघि उनको निवासबाट शवयात्रा निकालिएको थियो। थापाप्रति नेकपा एमालेका गण्डकी इन्चार्ज किरण गुरुङ, एमाले कास्कीका ईन्चार्ज कृष्ण थापा, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, क्षेत्री समाज नेपालका महासचिव कृष्ण थापा लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। एमालेका सेल्टर दाता समेत रहेका थापाको निधनमा नेकपा एमाले कास्कीले दुख व्यक्त गरेको छ। पार्टीले एक असल कार्यकर्ता र सेल्टर दाता गुमाएको भन्दै शोक व्यक्त गरेको हो। त्यस्तै नेकपा एमाले वडा कमिटी पोखरा १६, हिमालय क्लव, बाटुलेचौर, क्षेत्री समाज वडा इकाइ समितिले पनि थापाको निधनमा दुख व्यक्त गरेका छन्।

थापाका श्रीमती सुशिला थापा,छोरा दीपक र २ छोरी कंचन र दीपिका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।