लगातारको वर्षा र देशभरको प्रतिकूल मौसमका कारण सरकारले आइतबार र सोमबार थप दुई दिन सार्वजनिक बिदा दिएकोे छ ।
दसैंको बिदा सकिएर सरकारी कार्यालयहरू भोलिदेखि (आइतबार) खुल्ने तय भएपनि, लगातारको अविरल वर्षाले सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आकस्मिक रूपमा बिदा थप गर्ने निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “देशभरको अविरल वर्षाका कारण आवतजावत असहज भएको, केही स्थानमा सडक र पुल बगाएको, र जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको अवस्था देखिएकाले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।” उनका अनुसार बिदाका दिनहरूमा आकस्मिक र अत्यावश्यक सेवाबाहेकका सबै सरकारी कार्यालयहरू बन्द रहनेछन् । अस्पताल, सुरक्षानिकाय, विद्युत्, पानी, सञ्चार र उद्धारसँग सम्बन्धित सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेशका विभिन्न स्थानमा अझै दुई दिनसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । यसअघि दसैं बिदा शुक्रबार सकिएको थियो । तर, विभिन्न जिल्लामा उत्पन्न बाढी–पहिरो र सडक अवरोधका कारण जनसुरक्षालाई ध्यानमा राख्दै सरकारले आकस्मिक रूपमा बिदा थप गरेको हो ।सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न भनेको छ ।
यसैबिच नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेकोे अवस्थामा आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजैसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यस्थल पुगेर पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







