नेपाली बजारमा सोमबार पनि सुनको मूल्य आकासिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोवार भईरहेको छ। जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ।आइतबार पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलाको ७ हजार चारसय रुपैयाँ बढेको थियो। सुनको मूल्य हिजो र आज गरेर नौ हजार नौसय रुपैयाँ बढेको छ।
यस्तै चाँदीको मूल्य पनि आइतबारको तुलनामा बढेको छ।आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






