प्रमुख तीन दलका युवा नेताहरुले पार्टी पुर्नःगठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरूलाई आग्रह गरेका छन्।
जेनजी आन्दोलनलाई समर्थन गर्दै एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरुले राजनीतिलाई नै असफल बनाइ रहेका पार्टीका मुख्य नेताहरुलाई पदमा राखेर अघि बढ्न नसकिने स्पष्ट पार्दै, दोस्रो तथा तेस्रो तहका नेताहरु अघि सर्नुपर्नेमा जोड दिएका हुन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहित २८ जना युवा नेताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो÷तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौँ।’दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरूलाई आग्रह गरेका छन्।
उनीहरुले जेनजीको आह्वानमा भएको विद्रोह कुनै न कुनै रुपमा आवश्यक भएको ठहर गरेका छन्। दल र नेताहरुको लगातारको असफलता, कुशासन र भ्रष्टाचारका कारण देशमा जटिल अवस्था सिर्जना भएको उनीहरुको दाबी छ। ‘जेन् जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो । पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई यस आन्दोलनले घुँडा टेकाएको छ ।
लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन् जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







