कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले यस क्षेत्रको उद्यमशिलता, सिप हस्तान्तरण र विकासका लागि संघको महत्वपूर्ण योगदान रहेको बताए । अहिले पोखरा महानगर तथा वडाहहरुले विभिन्न सिप सिकाईका तालिमहरु ल्याईरहेको बताउँदै सिप सिकेर आत्मनिर्भर हुने बाटोमा लाग्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्थानिय हस्तकलाका सामग्रीको वजारिकरण र गुणस्तरिय उत्पादनमा जोड लिईन् ।
भदौ २३ र २४ गतेको जेन्जि आन्दोलनको क्रममा क्षति भएको वडा नं १ को भवनमा आवश्यक सहयोग गरेका तथा संघले सम्मान गरेका पोखरा इक्ट्रिकल क्लवका अध्यक्ष अमृत पोखरेलले सामाजिक उत्तरदायित्व अन्र्गत संस्थाले सहयोग गरेको र आगामी दिनहरुमा पनि संस्थाले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । स्वस्तिक हस्तकला उद्योग, पोखरा १ बागबजारमा संघका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पम्फा थापाले संघको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रजनी कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
पोखरा हस्तकला संघमा हाल ४२ जना सदस्य रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






