मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् ।सहमति पछी सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने विश्वास व्यक्त गरे ।उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए ।
गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






