गृहमन्त्री अर्यालबाट ‘जेनजी’ आन्दोलनलाई धोका भयोः सुधन गुरुङ


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८२ मा प्रकाशित




हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनलाई धोका दिएको बताएका छन् ।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले जुन भावनाका साथ आन्दोलनका वलमा सरकार बनेको थियो त्यो उद्धेश्य विपरीत सरकार अघि बढेको आशंका गरे ।उनले बर्तमान गृहमन्त्रीले जेनजीका माग पूरा गर्न नसक्ने समेत बताएका छन् ।आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए । उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले जोड दिए ।जेनजी आन्दोलनले न्याय पाउनुपर्ने उनले माग गरे ।

“हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, सहिद भएका छन्,” उनले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ ।”

सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको उनले उल्लेख गरे।उनले देश सरकारको मात्र हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपाली देश बनाउन आउनुपर्ने उनले बताए ।निर्वाचन आयोग पुगेका छन्। बिहान आयोग पुगेर गुरुङले हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन माग गरेका थिए।उनले निर्वाचन आयोगको वेबसाइटमा देखिएका समस्या र अर्को निर्वाचन पोर्टललाई पनि थप प्रभावकारी बनाउन आग्रह गरे।

गुरुङ आयोगमा नयाँ दल दर्ताका लागि नभई छलफलका लागि गएको श्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।