नेपाल आदिवासी जनजाती महासंघ ९फोनिज शाखा०को संयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना गरिएको छ ।
अक्षकोषका लागि समाज सेवी मेजर लक्ष्मी प्रसाद गुरुङले विहीबार एक कार्यक्रम वीच महासंघका कोषाध्यक्ष बस बहादुर शेर्पा ९बसन्त०, अध्यक्ष विना कुमारी थापा र उपाध्यक्ष सुशिल श्रेष्ठलाई एक लाख एक हजार एक सय पन्ध्र रुपैयाँ हस्तान्तरण गरे । व्यावसायिक पत्रकारलाई हौसला दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गुरुङले बताए । उक्त रकमको व्याजले गुरुङको बैबाहिक वर्षगाँठको अवसरमा बार्षिक रुपमा व्यावसायिक एक पत्रकारलाई सम्मान गरिने महासंघका अध्यक्ष थापाले जानकारी दिईन् ।
द गोर्खाज बचत तथा ऋण सहकारीका अध्यक्ष मेजर गुरुङ, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष तथा युके तमु धिको प्रतिनिधी लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।
१८ वर्ष देखि गोर्खा अभियान र सामाजिक काममा सक्रिय रुपमा लाग्दै आएका गुरुङले हाल सम्म विभिन्न संघसंस्थामा ८२ लाख रुपैयाँ सहयोग गरि सकेका छन्। उनले विट्रिस र बुर्नाईमा मात्र ४२ वर्ष काम गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







