रास्वपाबाट सन्तोष परियारले दिए राजीनामा


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित




पार्टी रुपान्तरणको पक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले राजीनामा दिएका छन् ।

छुट्टै अभियान सुरु गर्ने भन्दै उनले आफ्नो राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा पार्टी रुपान्तरण सहित नेतृत्व परिवर्तनको बहस परियारले जोडतोडका साथ उठाएका थिए ।

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।