शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले नै भ्रष्टाचार र घुसखोरीतन्त्रलाई मलजल गरेको आरोप लगाएका छन् ।
गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचार र घुसखोरी अन्त्य नहुनुमा पुराना दलहरुको हात रहेको बताउँदै, उनले देशलाई समृद्धशाली बनाउनका लागि नयाँ पुस्ताका नेताहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए। मन्त्री पुनले आज सामाजिक सञ्जालमा लेखेका छन्, पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन्।’ उनले देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप अपरिहार्य रहेको भन्दै आगामी चुनावमा पूर्ण रूपमा सहभागिता हुन सम्पूर्ण युवाहरूलाई आग्रह समेत गरे।
उनले हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका सबै युवालाई मंसिर ५ गतेसम्म नाम दर्ता गर्न अनुरोध गरेका छन्। निर्वाचनबाटै पुराना दललाई विस्थापित गरी देशमा रहेको भ्रष्टाचार र घुसखोरी जरैदेखि फाल्नु पर्ने मन्त्री पुनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







