सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २९
नेकपा एमालेका नेता खगराज अधिकारीले फागुन २१ मा चुनाव हुन्छ भन्ने भ्रममा आफ्नो पार्टी नरहेको बताएका छन् । जिल्ला कमिटी कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले फागुन २१ मा चुनाव नहुने बताए । चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भने,‘जेनजी आन्दोलनका बेला पुलिसका लुटिएका हतियार फिर्ता भएका छैनन् । विभिन्न अपराधमा जेलमा रहेका कैदीबन्दीहरु फरार छन् । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? ।

नेता अधिकारीले यथास्थितिमा चुनाव गरे मतदान स्थल युद्द मैदान बन्ने दाबी गरे । ‘लुटिएका हतियार र तीनै अपराधीहरु भोलि चुनावका बेला बुथ केन्द्रहरुमा दुरुपयोग हुन्छ । त्यसमा हामी मतदाता पनि पर्छौं र प्रहरी पनि पर्छ । त्यसैले मतदान स्थल युद्द मैदान बनाएर नेपाललाई भुटान र सिक्किम बनाउने षडयन्त्र छ ।’
नेता अधिकारीले चुनवाअघि लुटिएका हतियार फिर्ता गर्नुका साथै जेलबाट फरार अपराधीहरुलाई जेलमा हाल्न सरकारलाई चुनौति दिए । पहिले शान्तिपूर्ण वातावरण बनाऔं, लुटिएका हतियार फिर्ता गरौं र जेलबाट भागेकालाई जेलमा हालौं,उनले भने,‘त्यसपछि मात्रै चुनाव हुन्छ ।’
नेता अधिकारीले वर्तमान सरकार चुनाव गर्ने पक्षमा नरहेको बताए । चुनाव प्रचारमा जानुपर्ने एमाले अध्यक्ष केपी ओलीलाई स्थान हद तोकेर चुनाव वातारण बिगारिरहेको उनको आरोप छ । शीर्ष नेताहरुको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीले चुनाव गराउँदै हुनुहुन्छ र ?,प्रश्नोत्तर शैलीमा उनले अगाडि थपे,‘हाम्रा अध्यक्ष ओलीलाई काठमाडौं उपत्यका नछाड भन्ने अधिकार छ संविधान विपरित ? शीर्ष नेताको अनुहार हेर्दिन भन्ने, दल र नेतासँग वार्ता र सम्वाद नगर्ने सरकारले चुनाव गराउँदैछ ? छैन ।’
नेता अधिकारीले संसद पुर्नस्थापना गरेर जेनजीको माग पूरा गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनको जाँचबुझ आयोगले निश्पक्ष छानविन गर्न नसक्ने बताए । त्यसैले अहिलेको जाँचबुझ आयोग विघटन गरेर सबैको सहमतिमा उच्चस्तरीय छानविन समिति बनाउन उनले माग गरे । उनले निस्पक्ष छानविन आयोगलाई भने आफ्नो पार्टीले सहयोग गर्ने बताए । उनले अन्र्तराष्ट्रिय शक्तिहरुको साजिष्टमा गत भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको र त्यसतर्फ मार्फत व्यवस्था र अवस्थालाई समाप्त पार्ने काम भएको उनको आरोप छ । उनले जेनजी आन्दोलनलाई प्रतिगमनको संज्ञा दिए ।
यसअघि सृजनाचोक, बुद्दचोक र नयाबजारबाट निस्किएको ¥याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






