परिवार नियोजनको अभियान भारती भवन र इन्द्रराज्यलक्ष्मीमा


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८२ मा प्रकाशित




नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १९ को भारती भवन मा.वि र पोखरा महानगरपालिका वडा नं १६ को इन्द्रराज्य लक्ष्मी मा.विमा अभियान संचालन गरिएको छ ।अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिने छ ।

भारती भवनमा मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले यस्ता अभियानले समाजलाई समेत योगदान दिने उल्लेख गरे । कार्यक्रममा इन्द्रराज्य लक्ष्मी मा.विका प्रधानाध्यापक केशव प्रसाद अम्गाई र भारती भवन मा.विका प्रधानाध्यापक नेत्र बहादुर आलेले बोलेका थिए ।कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरे ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।