पोखरा, मंसिर ८
सहारा क्लव पोखराले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हालै आयोजना गरेको च्यारिटी डिनरबाट १७ लाख ४१ हजार रुपैयाँ बचत गरेको छ । क्लवद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको सहयोगार्थ गत कात्तिक १४ गते पोखरामा आयोजित च्यारिटी डिनरमा सो रकम बचत गर्न सफल भएको हो । सो डिनर कार्यक्रमबाट कुल २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भएकोमा ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई सो रकम बचत भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
क्लवका अनुसार च्यारिटी डिनरमा टिकटबाट १० लाख ८७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो भने १० लाख ८९ हजार ६ सय ७७ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
सो डिनरमा घोषित रकममध्ये २ लाख ४२ हजार उठ्न बाँकी रहेको क्लवका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
यसअघिका वर्षहरुमा देउसी भैलो खेल्दै आएको सहाराले यस वर्ष देउसी भैलोको सट्टा च्यारिटी डिनर गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न…






