शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आगामी निर्वाचनमा धेरै भन्दा धेरै युवाहरु निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै, उनले विभिन्न दलका बुढा नेताहरुलाई विदा नगरेसम्म देश विकास नहुने बताउदै त्यसका लागि फागुन २१ को निर्वाचन मार्फत धेरै युवाले जित्नुपर्ने बताएका हुन् ।मन्त्री पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै युवाहरूलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गरेका छन् । उनले लेखेका छन्– अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको, अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।
मन्त्री पुनले स्वार्थी समूहहरूकै कारण देशका हरेक संयन्त्रहरू बर्बाद भईरहेको पनि उल्लेख गरेका छन् ।एक फरक कार्यक्रममा मन्त्री पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह समेत गरेका छन् ।उनले सरकारले तोकेको बाल कक्षा शिक्षकको लागि रु १२,०००, विद्यालय सहयोगीका लागि रु १०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको पनि स्पष्ट पारे ।
सो रकममा अपुग रकम स्थानीय सरकारले थप्नुपर्ने भन्दै उनले हालसम्म झण्डै ७ सय वटा स्थानीय सरकारले रकम थप गरेर तलव खुवाएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







