चार महिनामा १६ हजार पर्यटक मनाङमा


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०८२ मा प्रकाशित




चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् ।

इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।