नेपाली कम्युनिष्ट पार्टी जेनजीको आकर्षणको केन्द्र बनेको छ : नेपाल


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८२ मा प्रकाशित




पोखरा,

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जेनजीहरुको आकर्षणको केन्द्र बनेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजीको आकर्षणको केन्द्र नेकपा बनेको र उनीहरुको भावना सम्बोेधन गर्न जरुरी रहेको बताएका हुन् । एसिड पीडित मुस्कान खातुनलगायतका जेनजीहरु एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरिरहेको छन्,उनले भने,‘हामीले जेनजीको भावनाको सम्मान गर्नै पर्छ । तर जेनजीको नाममा भएको कुकर्मको दोषीलाई त्यसै छाडिनु भने हुन्न, कारवाही गरिनैपर्छ ।’

नेता नेपालले पुरानो पार्टीमा रहेकाहरुले आफूहरुलाई काम गर्न नदिएकोसमेत आरोप लगाए । हिजो एकीकृत समाजवादी हुँदा मेरा खुट्टा भाँच्ने र तान्नेहरु थिए, अनि माओवादी हुँदा प्रचण्डको पार्टीमा बसेर खुट्टा तान्नेहरु पनि थिए, आज तिनीहरु भागेर गएका छन् । भाग्नेहरु, छाड्नेहरु जाउन् हामी प्रचण्ड, मलगायत एकताबद्द भएर अगाडि बढिरहन्छौं ।‘

पार्टी ठूलो भए पनि पार्टीमा विधि बसाल्न भने नसकिएको उनले स्वीकारे । तर नचाहेर नभई दिनदिनै पार्टी एकीकरण भइरहेकाले पार्टीमा विधि बसाल्न नसकिएको उनको प्रष्टोक्ती थियो । एकता सकेर जिम्मेवारी बाँडफाँट र विधि टुंग्याउने प्रयास भइरहेको छ,उनले भने,‘तर आज टुंग्याऔं एउटा पार्टीसँग एकता हुन्छ, फेरी अर्को दिन टुंग्याऔं भन्यो फेरी अर्को पार्टी एकतामा आउँछ, त्यसैले पार्टीमा अहिलेसम्म को को बोल्ने, मर्यादा कस्तो बनाउने बारेमा विधि बसाल्न सकिएको छैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।