कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु: नेता कल्याण गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनको मिति घोषणासँगै सभापतिका आकांक्षीहरु पनि बढ्दै गएका छन् ।

आगामी पुस २६ देखि २८ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेशनमा पार्टी भित्रका बिभिन्न नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार एक टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरिसकेका छन् । संस्थापनइतरका नेता डा शेखर कोइरालाले पनि यसअघि नै १५ औं महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरिसकेका छन् ।उनले सभापतिमा सघाउनका लागि आफु निकटका नेताहरु सहित संस्थापन पक्षका केही नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन् । त्यसो त सात पूर्व पदाधिकारीको समूहबाट पनि विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, गोपालमान श्रेष्ठ पनि सभापति उम्मदेवारको आकांक्षी छन् ।

नेता डा शशांक कोइरालाले भने दाजु शेखर कोईराला र आफु मध्ये एक जना सभापतिको उम्मेदवार बन्ने दावी गरेका छन् । गत महाधिवेशनमा सभापतिमा शेरबहादु देउवासँग प्रतिस्पर्धा गरेका कल्याण गुरुङले यस पटक पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले केही दिनमै प्यानलसहितको उम्मेदवारी घोषण गर्ने तयारी गरेका हुन् ।

अघिल्लो निर्वाचनमा सभापतिमा २२ मत पाएका गुरुङले आफुलाई सभापति बनाउने सर्तमा अन्य नेताहरुसँग सहकार्य हुन सक्ने समेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।