नेकपा एमालेको सचिव पदमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
औपचारिक कार्यक्रम मार्फत सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा नगरे पनि पोलिटब्युरो सदस्य विश्वकर्माले आफ्नो उम्मेद्वारी स्वभाविक रहने एभरेष्ट आवाजसँगको कुराकानीमा बताए । नवौं र दशौं महाधिवेशनमा पोलिटब्युरो सदस्यमा निर्वाचित भएका उनी त्यस अघि केन्द्रिय सदस्य थिए । बर्तमान विषम परिस्थितीको सामाना गर्दै, पार्टीलाई सशक्त र नेपालको कम्युनिस्ट आन्दोलनलाई साकार पार्न पनि आफ्नो उम्मेदवारी रहने उनले बताए । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका विश्वकर्मा त्यसपछि केपी ओली नेतृत्वको सरकारमा ३ वर्ष युवा तथा खेलकुद मन्त्री बने ।
आफू मन्त्री बनेका बखत नै खेलकुद विकास ऐन जारी गरेको उनी सम्झन्छन् । दशरथ र पोखरा रंगशालासहित ७ प्रदेशमा खेलकुदका पूर्वाधारहरु निर्माण गरी खेल पूर्वाधारमा फड्को मार्न सफल भएको उनको भनाइ छ । आफ्नै पालामा तेह्रो एसियाली खेलकुद ९साग० को सफल आयोजना गरेको र नेपालले ५१ औं स्वर्णपदकसहित दोस्रो स्थानको सफलता प्राप्त गरेको विश्वकर्माले स्मरण गरे ।
एमालेको राजनितीमा निरन्तर सक्रिय नेता विश्वकर्माले यस अघि लमजुङ, मनाङ र कास्कीको इन्चार्जको जिम्मेवारी पनि सम्हालेका थिए । त्यसो त उनले पार्टीको साविक गण्डकी अञ्चल इन्चार्ज एवं प्रदेश संरचना बनिसकेपछि पनि प्रदेश कमिटीको सचिव र अध्यक्ष तथा सहइन्चार्जको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका थिए । त्यस क्रममा बिभिन्न जिल्लामा पुगी पार्टी संगठनको विस्तार गर्नुका साथै स्थानीय नेता कार्यकर्ताको बिचारलाई केन्द्रसम्म पुर्याएका थिए ।
उनी २०५४ सालमा कास्कीको साविक लामाचौर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । पोखरा १९ घार्मीका उनी छविलाल विश्वकर्मा पर्यटन मन्त्री बन्दा केही समय उनको स्वकीय समेत बने । मुक्ति समाज कास्की र केन्द्रका बिभिन्न तहमा रही दलितका आवाजलाई समेत उनले उठाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






