नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लागि भक्तपुरको गुण्डुमा बन्न लागेको घरलाई लिएर जुहारी नै चलेको छ ।
ओली कुटी नाम दिएर सार्वजनिक भएको नक्सालाई लिएर सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र एमाले नेता महेश बस्नेत बिच सामाजिक संजालमा जुहारी चलेको हो । ओली कुटीलाई लिएर मन्त्री पुनले व्यङ्ग्य गरेका छन्।उनले कुटीको डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका हुन्।उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु भन्दा इन्जिनियरले ‘यत्रो ठूलो दरबारको नक्सा’ बनाइदिएको भन्दै कटाक्ष गरेका छन्। उनले यसलाई ‘कहाँसम्मको लापरवाही’ भन्दै प्रश्न गरेका छन्।
मन्त्री पुनको पोष्ट भाईरल भएपछि त्यसलाई लक्षित गर्दै नेता बस्नेतले केपी ओली जोगी नभएको बरु सक्षम राजनीतिक शक्तिको अध्यक्ष भएको बताएका छन्। ‘केपी ओली जोगी होइनन् एमाले नेपालकै ठुलो र सक्षम राजनीतिक शक्ति हो, उहाँ त्यसको अध्यक्ष हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीका लागि २÷३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यवहारिक छ र ‘व्यङ्ग’ हो भने—व्यङ्ग गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ।’
उनले यस विषयमा कसैले टाउको दुखाउनु नपर्ने बताएका छन्। राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्ने उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





