kf]v/f, % dªl;/ . lgdf{0fflwg kf]v/f If]qLo cGt//fli6«o ljdfg:yn . t:jL/ M /flwsf sF8]n, /f;;
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । जसमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाइएको छ । नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएको एक हप्ता नहुँदै उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो ।
अख्तियारले तत्कालीन मन्त्रीहरू डा रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ ।तत्कालिन नेकपा माओवादीबाट मन्त्री बनेका बोगटीको भने निधन भईसकेको छ । महत नेपाली कांग्रेसबाट, आचार्य र अमात्य एमालेबाट पर्यटन मन्त्री बनेका थिए भने श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा मन्त्री थिए ।
मुद्दामा आठ अर्ब ३६ करोड बिगो माग दाबी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






