गभर्नर पौडेलको घरमा आगजनी गर्ने मध्ये केहीको पहिचान


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०८२ मा प्रकाशित




प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान भएको जनाएको छ ।

प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।सो कार्यमा संलग्नको भिडियो फुटेज फेला पारे पछि प्रहरीले अहिले आगजनीमा संलग्न समूहको नै खोजी गर्न थालेको छ ।फुटेजमा देखिएका केही युवाको पहिचान भएको र बाँकीको खोजिकार्य भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । सोही समूहले तत्कालीन अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ ।

जेनजी प्रदर्शनका क्रममा सरकारी तथा व्यक्तिको निजी घरमा आगजनी गर्नेहरूलाई पछिल्लो समय प्रहरीले धमाधम पक्राउ गर्दै कानुनी दायरामा ल्याइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।