कांग्रेस कास्की–२ मा प्रत्यक्ष र समानुपातिकमा गरी १८ जनाको आवेदन


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहनेको लर्को नै लागेको छ ।

केन्द्रको परिपत्रअनुसार कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १३ जनाले मनोनयन पेस गरेका छन् भने समानुपातिकतर्फ ५ जनाको आवेदन परेको क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए । कास्की–२ मा प्रत्यक्ष तर्फ मनोनयन दर्ता गर्नेमा बिरेन्द्र नारायण विजुक्छे, देवराज गुरुङ,क्रृषिराम काफ्ले, माधवप्रसाद बास्तोला मधु,शिरोज विजय कोईराला,शिरषकुमार बास्तोला,माईकल कर्माचार्य,निर्दोषविक्रम पौडेल,किरण केसी,गुरुप्रसाद बराल,लक्ष्मी कार्की,राजेन्द्र बराल,र लक्ष्मी पाण्डेले उम्मेदवारी दिने इच्छासहित मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै समानुपातिकतर्फ रगिला आचार्य, उमा ठकुरी,शान्तीकुमारी गुरुङ,शोभाचन्द्र बराल,सकुन्तला कोईरालाको आवेदन परेको छ। कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । सोही अनुरुप भोलि आकांक्षीहरु सहितको बैठक बसेर सर्वसम्मतको प्रयास गरिने क्षेत्रीय सभापति निर्दोषीले बताए ।उनका अनुसार सहमतिको प्रयासलाई प्राथमिकता दिइनेछ ।

कांग्रेस केन्द्रीय समितिले हालै जारी गरेको परिपत्रअनुसार कास्कीका ३ वटै क्षेत्रमा आकांक्षीहरूको आवेदन संकलन गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।