पोखरा, २२ मंसिर । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोृकर्ण कार्की चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन सोमबार त्यसतर्फ लागेका छन् । अध्यक्ष कार्की नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै चीनको चुनकिङम आयोजिना हुने उद्योग वाणिज्य महासंघहरुको संगठन एलायन्स अफ दी च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज अफ दी न्यू इन्टरनेसनल ल्याण्ड–सी टे«ेड करिडर (आइएलएसटीसी) को बैठकमा भाग चीनतर्फ लागेका हुन् । आइएलएसटीसी चीनले रोड एण्ड बेल्ट परियोजनामा समेटिएका देशहरुमा रहेका उद्योग वाणिज्य संघहरुलाई समेटेर निर्माण गरेको संस्था हो । यो संस्थाले जमिन तथा समुन्द्रहुँदै गरिने व्यापारमा सहजीकरण गर्नेछ भने नयाँ सम्भावनाको समेत खोजी गर्नेछ । अध्यक्ष कार्कीले सो सम्मेलनमा नेपालको निजी क्षेत्र अर्थात् नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट सहभागिता र संवोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष कार्की चीन प्रस्थान गरेसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले सम्हालेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






