चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै,४ जना मन्त्री थपिदै


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०८२ मा प्रकाशित




अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छिन् ।

कार्कीले चौथोपटकको क्याविनेट विस्तारमा ४ जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।स्रोतका अनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्री बनाइनेछ।भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् ।

नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ ।बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।