नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो । अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ ।भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । निश्चित ठाउँमा पुगेपछि प्वाल पारिन्छ । त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश हुन्छ ।भित्र फोन लिन दिइएको छैन । तर, लिस्ट बोकेर जान दिइएको छ ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् ।महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







