पोखरेली नवरत्न सम्मान : तीर्थ श्रेष्ठ, रामकली खड्कादेखि नेपथ्यका अमृत गुरुङसम्म


     एभरेस्ट आवाज    
     पौष २ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, पुस २ गते

पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई पोखरेली नवरत्न सम्मान गरेको हो । जसमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा.बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित भए । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।