
पोखरा महानगरपालिकाले १०७ वर्षिया झ्याउरीमाया तिमिल्सिना र १०४ वर्षिय काशीनाथ पण्डितलाई महानगर माता÷पिताको सम्मान दिएको छ । महानगरले स्थापना दिवसमा हरेक वर्ष महानगर भित्रको सबैभन्दा ज्येष्ठ नागरिकलाई महानगर माता÷पिताको सम्मान प्रदान गर्दै आएको छ । सोहि सम्मानको निरन्तरता स्वरुप पोखरा–२८ की झ्याउरीमायालाई महानगर माता र पोखरा–३२ का काशीनाथलाई महानगर पिताको सम्मान प्रदान गरिएको हो ।
हेम आचार्य पोखरा महानगरको सर्वोत्कृष्ट कर्मचारी
पोखरा महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी हेम आचार्य बनेका छन् । महानगरको शिक्षा महाशाखा प्रमुख रहेका उनलाई महानगरको ६७ औं स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको हो ।
त्यस्तै, महानगरले ५ उत्कृष्ट कर्मचारी र ५ कर्तव्य निष्ठ कर्मचारी घोषणा गरि नगदसहित सम्मान गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






