राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग छलफल गरेको छ ।
रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।
रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल गरिएको जानकारी दिए । छनोट भएका उम्मेदवारलाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्ने छ । यसैैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीले आज म्याग्दीमा आयोजना गरेको कार्यक्रममा उनले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताए । “देशमा जति धेरै अन्योल हुन्छ त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर हुन्छ”, उनले भने, “जनताको परिवर्तनको चाहनालाई पूरा गर्न र राजनीतिक निकास दिन चुनावलाई सफल बनाउनै पर्छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







