पोखरा महानगरपालिकाबाट ‘नगर माता’को रूपमा सम्मानित बालुदेवी ढुंगानाको निधन भएको छ।
पोखरा १९ पुरञ्चौर निवासी १०९ बर्षिया ढुंगानाको आइतबार साँझ आफ्नै निवासमा निधन भएको वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिए।वि.सं १९७३ सालमा जन्मिएकी उनलाई महानगरले स्थापना दिवसको अवसरमा २०८० साल फागुन २७ गते नगर माताको रूपमा सम्मान गरेको थियो।वडा कार्यालयले पनि गत वर्ष सम्मान गरेको थियो।स्वर्गीय ढुंगानाको सोमबार बिहान सेती नदीस्थित चिन्तेबगर घाटमा अन्त्येष्टि गरिएको छ।
उनको पार्थिव शरीरमा छोराहरु नारायणप्रसाद र चिन्तामणि ढुंगानाले दागबत्ती दिएका थिए। यस अघि स्वर्गीय ढुंगाना प्रति बिभिन्न क्षेत्रका व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।धार्मिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएकी उनले स्थानिय विन्ध्येश्वरी माविलाई जग्गादान समेत गरेकी थिईन् ।स्वर्गीय ढुंगानाका ३ छोरा मध्ये श्रीभद्रको निधन भईसकेको छ भने २ छोरा र ३ छोरी छन् ।
नाती शंकर ढुंगाना नेपाली कांग्रेस कास्कीका सहसचिव र अर्का मिनराज ढुंगाना विन्ध्येश्वरी माविका सहायक प्रधानाध्यापक हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






