पोखरा, पुस १०
कालिका बहुमुखी क्याम्पस पोखरा–१४ काजीपोखरीको ३४ औं वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत विहीबार खेलकुद तथा अतिरिक्त कृयाकलापहरु सम्पन्न भएका छन् । पुस ४ गतेदेखि शुरु भएको वार्षिकोत्सव विशेष खेलकुद तथा अतिरिक्त कृयाकलापहरु विहीबार सकिएको हो ।
खेलकुद तथा अतिरिक्त कृयाकलाप कार्यक्रमहरु समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले देशको भविष्य युवाको हातमा रहेको बताए । त्यसैले युवा पलायन रोक्न आवश्यक रहेकोमा उनले जोड दिए । क्याम्पसबाट उ्रत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुनेहरुलाई आफू आबद्द केसी ग्रुपले रोजगारी दिने प्रतिबद्दता जनाए ।
यसैबीच, क्याम्पसको वार्षिकोत्सव मूल समारोह कार्यक्रम भने शनिबार हुने जनाइएको छ । सो दिन बिच भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस, व्याडमिन्टन, हाईजम्प, लङजम्प, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकलालगायतमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिने क्याम्पस प्रमुख बिरञ्जी गौतमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ५० युनिट रगतसमेत संकलन गरिएको कार्यक्रम संयोजक मधुरा पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







