प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्ने


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८२ मा प्रकाशित




निर्वाचनको मिति नजिकिंदै आउँदा प्रधानमन्त्री सुशीला कार्कीको सक्रियता पनि बढेको छ ।

सरकारले निर्वाचनको बाताबरण बनाउन नसकेको दलहरुले बताईरहेकै बेला प्रधानमन्त्री कार्कीले सक्रियता बढाएकी हुन् ।नेकपा एमालृले पनि चुनावको भित्री तयारी गरेको सँुईको पाए पछि उनी हौसिएकी छन् । यसै क्रममा प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरुप शनिबार प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् । मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।