पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले बिबिध कार्यक्रम गरी ७९ औं बार्षिकोत्सव मनाउने भएको छ।
विद्यालयले यही पुस २७ गते मनाउने बार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। पुस २६ गते छैंटौं संस्करणको रक्तदान कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको छ। विद्यार्थीलाई रक्तदानका विषयमा सचेतना जगाउन र पोखरामा देखिएको रगतको अभावलाई केही न्युन गर्न शनिबार विहान विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक शिक्षक जयराम पुनले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्रा थापा अधिकारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालयको जुनियर रेडक्रस सर्कल, रेडक्रस सोसाइटी उपशाखा पोखरा १६ले सहकार्य गरेका छन्।
कार्यक्रमका लागि प्रादेशिक रक्त संचार केन्द्रसँग समन्वय गरि आवश्यक तयारी शुरु गरिएको संयोजक पुनले बताए ।अघिल्लो बर्ष ३९ युनिट संकलन गरेको विद्याालयले यस वर्ष नयाँ रक्तदातालाई बढी भन्दा बढी सहभागि गराउने उद्धेश्य सहित तयारी तिब्र बनाएको बताईएको छ । त्यस्तै विद्यालयले शुक्रबार यस वर्षको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गर्ने जनाएको छ। सोही कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा ३ दशमलव ६ जिपिए ल्याउने १९ जना विद्यार्थीलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए। बार्षिकोत्सव कै अवसरमा चण्डीका भवन देखि महेन्द्र गुफासम्म वृहत सरसफाई गरिने पनि आचार्यले बताए। मुख्य दिन पुस २७ गते बार्षिकोत्सवको मुल समारोह कार्यक्रम हुने छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मुल समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सम्मान सहित बिबिध साँस्कृतिक कार्यक्रम हुने बताइएको छ।सो अवसरमा एस इ इ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई विशेष सम्मान , बिभिन्न छात्रवृत्ति वितरण सहित पुरस्कार वितरण गरिने विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए।बार्षिकोत्सवको अवसरमा आयोजित स्पोर्टस मिट भने तीन दिन देखि जारी छ ।
करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय यस अघि सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो हुन सफल भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






