पोखरा महानगरपालिका वडा नं. १७ सेतीनदीस्थित सिता घाट व्यवस्थित गरिने भएको छ ।
जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको सो घाटको स्थानीयवासिन्दाको सकृयतामा व्यवस्थित गरिन लागिएको हो । विभिन्न पर्वमा नदीमा स्नानका लागि जाने भक्तजन तथा अन्तिम दाह संस्कारकामा अप्ठेरो भोग्दै आएका स्थानीयको पलमा घाटसम्म मोटरेवल वाटो निर्माण अभियान सञ्चालन गरिएको सिताघाट वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख रुपैया आर्थिक सहयोगमा कच्चि मोटर बाटोको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ भने बाँकी भौतिक संरचना निर्माणका लागि स्थानीयस्तरमा आर्थिक संकलन अभियान शुरु गरिएको छ ।
उक्त अभियान अन्तर्गत स्थानीय समाजसेवी सूर्यप्रसाद शर्मा भण्डारीले एक लाख पाँच रुपैया नगद सहयोग गरेका छन् । उनले समितितका अध्यक्ष लोकराज कोइरालाई नगद रकम हस्तान्तरण गर्दै संकलित रकमको उचित उपयोग गर्न आग्रह गरे । सो अभियानमा स्थानीय सामाजिक व्यक्तित्व एवम् सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले आप्mनो जन्मदिनको अवसरमा ५० हजार रुपैया सहयोग गरे । अहिलेसम्म घरदैलो कार्यक्रमा लगभग पाँच लाख रुपैया संकलन भएको उपभोक्ता समितिका सचिव विक्रम वावु भण्डारीले जानकारी दिए ।
सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष लेखनाथ चालिसेले जानकारी दिए । सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जाली भर्ने काम भई रहेको बताउँदै उनले भने, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो सडक निर्माणसंगै पोखरा १७ सहित वडा नं. २१ का वासिन्दालाई धार्मिक एवम् शव अन्त्यष्ठिका लागि सुविधा पुग्नुका साथै प्रत्येक बर्ष माघे सक्रान्ति पर्वमा लाग्ने माघे संक्रान्ति ढुङ्गेसाघु मेला व्यवस्थापनमा समेत सहयोग पुग्नेछ ।
बाटो निर्माणसंगै संकटमा परेको प्राचिन ढुङ्गे साघु मेलालाई समेत सेतीनदीको किनारामा रहेको झण्डै ४० रोपनी सार्वजनिक जग्गामा व्यवस्थित गर्न सकिने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १७ पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी…






