महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल


     एभरेस्ट आवाज    
     पौष २४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, पुस २४

महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल चयन भएकी छन् । संघ, कास्कीको पोखरामा बुधबार भएको दशौं साधारण सभा तथा छैटौं अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित बराल निवर्तमान प्रथम उपाध्यक्ष हुन् ।

अधिवेशनले संघ, कास्कीको प्रथम उपाध्यक्षमा बालकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा रुपा गुरुङ, महासचिवमा वसन्ती खत्री र कोषाध्यक्षमा जमुना पराजुलीलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा ऋतु घले र लक्ष्मी अधिकारी बास्तोला चयन भएका छन् । थप दुई जना भने पछि मनोनित गरिने निवर्तमान अध्यक्ष शारदा बराल (सरु)ले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।