नेपाली कांग्रेसको प्रवक्तामा कास्कीका देवराज चालिसे


     एभरेस्ट आवाज    
     माघ १ गते २०८२ मा प्रकाशित




विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा नेता देवराज चालिसे चयन भएका छन् ।

बुधबार सम्पन्न बिशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको जारी बैठकमा नेता चालिसेको नाम प्रवक्ताको रुपमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नाम अनुमोदन भएसँगै उनी प्रवक्ता चयन भएका हुन् ।विभिन्न प्रसतावमा छलफल जारी रहेको स्रोतले बताएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न सो समूह निर्वाचन आयोग जाने तयारी समेत भईरहेको छ ।आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् ।

त्यहीअनुसार विवरण अध्यावधिकका निम्ति निवेदन दिइनेछ ।यस अघि बुधबार सम्पन्न विशेष महाधवेशनबाट सभापतिमा गगन थापा , उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाललाई चयन गरेको छ । त्यसैगरी महामन्त्रीमा गुरु घिमिरे र प्रदिप पौडेल चयन भएका छन् ।

समितिमा कास्कीबाट केन्द्रीय सदस्यमा देवराज चालिसे, तिलक रानाभाट र कृष्ण केसी चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।