कास्कीमा ५ महिला सहित ४९ जनाको उमेद्वारी मनोनयन, ३६ देखि ५० वर्ष उमेर समूहका २६ जना


     एभरेस्ट आवाज    
     माघ ७ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फ कास्कीमा ५ महिला सहित ४९ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मंगलबार भएको मनोनयन दर्तामा १८ वटा राजनितिक दलका ४३ जना र ६ जना स्वतन्त्र उमेद्वारले मनोनयन गरेका हुन् । जसमा ४४ जना पुरुष उमेद्वार छन् । उमेदवारी दिने ५ महिलामा रास्वपाबाट बिना गुरुङ,उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा,नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ,नेपाल मजदुर किसान पार्टीका विनिता अवाल र मिना न्हिसुतु रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार उमेरका दृष्टिमा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार बढी छन् ।यस उमेर समुहमा २६ जना छन् । २५ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ३ छ ।जसमा १ जना महिला र २ जना पुरुष छन् । ३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका २६ जना उम्मेदवार छन् । यो समूहमा महिला उम्मेदवारको संख्या जम्मा ३ र पुरुष उम्मेदवारको संख्या २३ जना रहेको छ ।

५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको कुल संख्या १८ रहेको छ । यो उमेर समूहमा महिलाको संख्या १ रहेको छ । ६५ वर्ष माथिका उम्मेदवारको संख्या २ जना रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।