कैलाली ।
नागरिक उन्मुक्ती पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली १ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी निर्वाचनय अधिकृतको कार्यालयले खारेज गरेको हो ।
कैलाली घटनाको दोषी भन्दै उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जन्म कैदको सजाय पाएर राष्ट्रपतीबाट आममाफी पाए पनि नेपालको कानूनले उम्मेदवार हुनबाट रोक्ने भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन अधिकृत देवराज भारतीले बताए । राष्ट्रपतिबाट माफी भएको देखिएता पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा ९१०० बमोजिम राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने समेतको मौजुदा कानूनी व्यवस्था रहेको र निर्वाचन आयोगको मिति २०८०।११।२४ गतेको निर्णयबाट निज रेशमलाल चौधरी राजनीतिक दलको सदस्य समेत बन्न अयोग्य हुने भएकाले उम्मेदवारी खारेज गरिएको उनले बताए ।
उनीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






