कास्की सहित ६१ जिल्लामा निर्वाचन प्रहरी छानिए


     एभरेस्ट आवाज    
     माघ १४ गते २०८२ मा प्रकाशित




फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् ।

कास्की सहित ६१ जिल्लामा यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको नेपाल प्रहरीले जनाएको छ ।कास्कीमा पनि सशस्त्र र नेपाल प्रहरीमा गरी २ हजार २ सय ९९ जना निर्वाचन प्रहरी छनोट गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी दुई समूहमा विभाजन गरेर जनशक्ति छनोट गरिएको छ ।जसमा शसस्त्र प्रहरीका २ सय ९१ ज्ना छन् । छनोट भएका प्रहरीलाई माघ १८ देखि २७ गतेसम्म निर्वाचन सुरक्षा केन्द्रीत तालिममा सहभागि गराइने जिल्ला प्रशासन कार्यालय कास्की अन्तर्गतको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जनाएको छ । १० दिने तालिम दिएर उनीहरूलाई माघको अन्तिम सातादेखि फिल्डमा परिचालन गरिने बताईएको छ ।

प्रकाशित नतिजा अनुसार योग्यताक्रमका आधारमा २ सय १२ जना लाई वैकल्पिक उम्मेदवारका रूपमा छनोट गरिएको छ । मुख्य उम्मेदवारहरू अनुपस्थित भएको खण्डमा वा अन्य कारणले कोटा रिक्त भएमा वैकल्पिक सूचीबाट पदपूर्ति गरिनेछ । नेपाल प्रहरीतर्फ सिफारिस भएकाले जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीतर्फ सिफारिस भएकाले सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण, मालेपाटनमा सम्पर्क राख्नुपर्नेछ ।

यसपटकको निर्वाचनमा प्रहरीले देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी, सुरक्षाको रुपमा खटाउँदै छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।