जेनजी प्रर्दशनका क्रममा प्रहरीको हतियार लुट्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय, बगरबाट खट्टिएको प्रहरी टोलीले पोखरा २ भीमसेन टोलबाट लुकाई छिपाई राखेको अवस्थामा हतियार सहित २ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।पक्राउ पर्नेमा महोत्तरी घर भई पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ का रवि चौधरी र भारत घर भई पोखरा २ अर्चलवोट बस्ने १८ वर्षिय राजकुमार छन् । उनीहरुले गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गर्नुका साथै ईन्सास राईफल लुटेको स्वीकार गरेका छन् । उनीहरुले सो राईफल भीमसेनटोलस्थित ईन्द्रबहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियोमा लुकाई छिपाई राखेको अवस्थामा गत सोमबार हतियार सहित पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट खरखजना सम्वन्धी कसुरमा ६ दिनको म्याद थपी अनुसन्धान भई रहेको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका…







